उदयपुरमा विमानस्थल बन्ने पक्का

उदयपुरमा विमानस्थल बन्ने पक्का

उदयपुर, वैशाख १० । उदयपुरको त्रियुगा नगरपालिकामा विमानस्थल निर्माण गरिने भएको छ ।

त्रियुगा नगरपालिकाको वडा नं. १ र २ को जोगिदहमा पर्ने १ सय ५६ हेक्टर जमिनमा विमानस्थल निर्माण गरिने भएको हो ।

विमानस्थल बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा जग्गा ल्याउने प्रक्रिया शुरु भएको छ । २०७१ सालमा प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत भएको थियो । त्यसैगरी २०७४ सालमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भएको छ ।

पछिल्लो समय मन्त्रिस्तरीय निर्णयबाट विमानस्थलभित्र पर्ने जग्गा हस्तान्तरण गर्न चारकिल्ला, नापी, फिल्ड नक्सा, जीपिएस, कोअर्डिनेटर विवरण, गुगल नक्सा र रुखबिरुवाको लगत लिने कार्य द्रुतगतिमा भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्