विराटनगरमा गर्ल्स इन अाइसिटि डे मनाइने

<span class='c1'>विराटनगरमा गर्ल्स इन</span> <span class='c2'>अाइसिटि डे मनाइने</span>

[caption id="attachment_52872" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption]

[caption id="attachment_52871" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption]

[caption id="attachment_52870" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption]

प्रत्येक वर्षकाे अप्रिल महिनाकाे चाैथाे विहिबारका दिन विश्वभर 'प्रविधिमा महिलाहरूकाे सहभागिता दिवस' (Girls in ICT Day) मनाइने गरिन्छ । याे दिवस इन्टरनेशलन टेलिकम युनियनकाे पहलमा संसारभरीका प्रविधि क्षेत्रमा अावद्ध समुह तथा संस्थाहरूले याे दिवस मनाउने गर्दछ । यसै अन्तर्गत यस वर्ष विराटनगरमा वृहत कार्यक्रमका बिच यस दिवस मनाउने तयारी थालिएकाे छ ।
सूचना प्रविधिकाे क्षेत्रमा कार्यरत  इस्ट अाइटि कम्युनिटिले यस वर्ष दिवसकाे सप्ताह पारेर अप्रिल २८ तारिकका दिन विराटनगरमा एक कार्यक्रम अायेाजना गर्ने भएकाे हाे ।
विराटनगरकाे हाेटल श्रीकृष्णमा सूचना प्रविधिकाे क्षेत्रमा सम्लग्न युवा महिलाहरूकाे सहभागीतामा हुने उक्त कार्यक्रममा प्रविधिकाे क्षेत्रमा उनीहरूले तयार पारेकाे विभिन्न सामाग्री तथा अाइडियाहरूकाे प्रदर्शनी, वेबसाइट निर्माणका लागि प्रयाेग हुने प्लाटफर्म वर्डप्रेसका विषयमा जानकारी तथा यस क्षेत्रमा अावद्ध युवा महिला विद्यार्थी, उद्यमी, स्टार्टअप कम्पनीका संचालकहरू तथा डेभलपरहरूकाे अनुभव साटासाट र चिनजान गराउने कार्यक्रमहरूकाे अायाेजना हुनेछ ।
कार्यक्रममा सहभागी हुनका लागि संस्थाकाे अाधिकारिक वेबसाइट eicnepal.org.np मा गएर अाफ्नाे नाम दर्ता गर्नु पर्ने कार्यक्रम संयाेजक सुजित झाले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनि राजभण्डारीकाे उपस्थिति रहने झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्