विराटनगर बम विस्फोटमा विप्लव माओवादी जिल्ला ईन्चार्ज संलग्न

विराटनगर बम विस्फोटमा विप्लव माओवादी जिल्ला ईन्चार्ज संलग्न

विराटनगर, १० वैशाख ।
विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय विराटनगरमा केही दिन अघि भएको वम आक्रमणमा नेकपा माओवादी विप्लवका नेता कार्यकर्ता संलग्न भएको पाईएको छ । जिल्ला प्हरी कार्यालय मोरङ पक्राउ परेका ब्यक्ति सार्बजनिक गर्दै विप्लव मोरङ जिल्ला ईन्चार्ज युगेन भन्ने उदयm राई तथा ताप्लेजुङका विप्लवका कार्यकर्ता भिम लिम्बु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख ३ गते राति सवा आठ बजे विराटनगर १३मा रहेको भारतीय राजदुतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिष्फोट भएको थियो ।

विस्फोटबाट सम्पर्क कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरको झ्यालको सीसा समेत फुटेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार विसीका आनुसार अनुसन्धानका आधारमा आईतवार बिराटनगर–१ बाट राई र लिम्बु दुबैलाई पक्राउ गरिएको हो । विूफोटमा अन्य ब्यक्तिहरुको पनि संलग्नता रहेकोले उनीहरुको समेत खोजी भईरहेको प्रहरी उपरिक्षक विसीले जानकारी दिए ।

पक्राउ परेका राई मोरङ जिल्ला बेलबारी न.पा. ४का स्थायी वासी हुन् भने लिम्बु ताप्लेजुङ जिल्ला थुकिमा ७ का हुन् । प्रहरीका अनुसार पछिल्ला दिनमा विप्लवको गतिबिधि मोरङ उत्तरी क्षेत्रमा बढी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्