विराटनगरमा पनि आयो अमेरिकन फरम्याटको किन्डरपिल्लर मन्टेश्वरी

विराटनगरमा पनि आयो अमेरिकन फरम्याटको किन्डरपिल्लर मन्टेश्वरी

विराटनगर, १० बैशाख ।
खेलकूद र घरेलु वातावरणमा वालवालिकालाई शिक्षा दिने उद्देश्यका साथ विराटनगरको वरगाछीमा मा किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) संचालनमा आएको छ । विराटनगर बरगाछी स्थित सोमबार एक कार्यक्रम बिच किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) को उद्घाटन गरी संञ्चालनमा ल्याईएको हो ।

[caption id="attachment_52822" align="alignnone" width="800"] ????????????????????????????????????[/caption]

प्ले ग्रुपदेखि सिनियर केजी सम्मको अध्ययन हुने किन्डरपिल्लर मन्टेश्वरीकी निर्देशक श्रुति शर्माले जानकारी दिईन् । मन्टेश्वरीमा वालवालिकालाई उचित सुरक्षाको प्रवन्धका साथै पौष्टिक खाद्य पदार्थ खुवाउने व्यावस्था गरिएको जनाईएको छ । दक्ष र तालीम प्राप्त शिक्षिकाद्धारा अध्यापन गराइने उक्त शिक्षालयमा प्रत्येक कक्षामा १५ जना वालवालिकाको पठनपाठन हुने व्यवस्था गरिएको छ ।
मुलुकभरी यस प्रकारको छ वटा शिक्षालय संचालनमा आईसकेको छ । नेपालको विभिन्न शहरहरुमा रहेको छ। इटहरीमा २ बर्ष सफलता पुर्वक संचालन गरेपछि अहिले बिराटनगरमा शाखा संञ्चालनमा ल्याएको हो । यस स्कुलको मुख्य कार्यालय भारतमा रहेको र अमेरिकी प्रोफेसर एलिन बोथ स्कुलको मेन्टर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्