माहौल तताउन नसकेको विराटनगर आन्दोलन, बृद्धा आमाको हुँकार निराशामा (दोश्रो जनआन्दोलन स्मरण)

माहौल तताउन नसकेको विराटनगर आन्दोलन, बृद्धा आमाको हुँकार निराशामा (दोश्रो जनआन्दोलन स्मरण)

सुमन सुस्केरा
विराटनगर, ११ वैशाख ।
विराटनगर साविकको पुर्वाञ्चल विकास क्षेत्रको ब्यापारिक केन्द्र तथा देशकै दोश्रो ठुलो सहरको रुपमा स्थापित सहर । बि.सं. २०६२/६३को आन्दोलनको एउटा नेतृत्व गरेको स्थान हो बिराटनगर । बिराटनगरको राजनीति विस्तारै अहिले ओरालो लाग्दै गएको छ। तर २०६२/६३ को आन्दोलनसम्म देशको आन्दोलन नेतृत्व गर्ने अभिभावकत्व बिराटनगरले लिन्थ्यो । आज दोश्रो जनआन्दोलनको १३ बर्ष पुरा भएको छ । एक पटक आन्दोलनलाई फर्किएर हेरौ है त ।
पहिलो जनआन्दोलन २०४६ साल
२०४६ सालमा आन्दोलन गर्न सजिलो थिए । २००७ सालको आन्दोलनको समयमा बिराटनगरका उद्योगहरुबाट निस्किएको जसरी मजदुरहरुले प्रजातन्त्र ल्याउनको लागि भुमिका खेलेका थिए त्यो भन्दा केही सजिलो जस्तो भएपनि त्यो समयसम्म आउँदा पनि आन्दोलन गर्नु भनेको मर्नु नै थियो । पहिलो जन आन्दोलन २०४६ सालको आन्दोलनमा संयुक्त आन्दोदल भएको थियो । एकातर्फको नेतृत्व एमालेले र अर्को तर्फको आन्दोलन कांग्रेसले गरेका थिए । त्यो बेलामा आन्दोलन गरेका संयुक्त आन्दोलन समितिको तर्फबाट कांग्रेसको नेतृत्व रामाप्रसाद रिजालले गरेका थिए भने वामपन्थीको नेतृत्व जीवन घिमिरेले गरेका थिए । आन्दोलनको स्थल भनेको महेन्द्रमोरङ क्याम्पस र आसपाससँगै महेन्द्रचौक र ट्राफिक चोक थिए । आन्दोलनको समयमा एउटा पर्चा भेटियो भनेपनि प्रहरीको हिरासतमा बस्नु पर्ने एक्लै देख्यो भने प्रहरीले गोली ठोक्ने सम्मको समस्या झेल्दै आएका उनीहरु २०६२-६३ को आन्दोलनमा पनि उसैगरि देखिए ।
यस्तो थियो २०६२-६३ आन्दोलन
२०४६मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भयो । बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनैतिक दलहरूको आपसी बेमेल तथा वि.स. २०५२मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो । २०५८ सालमा राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माईला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे । सोही साल देशमा संकटकालिन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्गगरी सत्ता आफ्नो हातमा लिए । नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे । त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाईन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए । हो यहीँबाट शुरु भयो बिराटनगरमा पनि जनआन्दोलन दोश्रो चरण । विराटनगरको महेन्द्रचोक जहाँ अहिले यसलाई जनआन्दोलन चोकको नाम परिवर्तन भएको छ । शुरुका दिनहरुमा आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने चिन्तामा राजनीतिक दलहरु थिए । ७ दलले शुरु गरेको आन्दोलनमा शुरुका दिनहरुमा ४०–५० जना कांग्रेसका कार्यकर्ता हातमा झण्डा बोकेर सडकमा निस्किएको देख्दा बिराटनगरका केहीले गिरिजा प्रसाद कोईराला बहुलाए सम्म भन्न भ्याएको पुर्वाञ्चल विश्वबिद्यालयका प्राध्यापक दिनेश सुवेदी सम्झन्छन् । आन्दोलनलाई बलियो बनाउनकोलागि सबै पेशाकर्मी सम्मिलित एउटा समुह बन्यो त्यसको नाम पापड राखियो । त्यसमा सबै पेशाकर्मी सहभागी भए ।
त्यही पापडको नेतृत्वमा दिनैपच्छिे कार्यक्रम हुन्थ्यो । १९ दिने देशब्यापी हड्ताल थियो । आन्दोलनमा सहभागि हुनको लागि त्यो बेलाकी बारकी अध्यक्ष तथा हालको पुर्बप्रधानन्यायाधीश सुशिला कार्की, न्यायपरिषदका सदस्य राम प्रकाश सिटौला, बिरबहादुर थापा लगायतले ठुला ठुला भाषण गर्थे ।
२०६२÷६३को जन आन्दोलनलाई सफल पार्नको लागि एमालेको तर्फबाट नरेश पोखरेल र कांग्रेसबाट अशोक कोईरालाले नेतृत्व गर्दै आएका थिए । ‘बिराटनगरको आन्दोलनलाई सफल बनाउनको लागि काठमाण्डौमा रहेका केन्द्रीय नेताहरु भरतमोहन अधिकारी तथा गिरीजा प्रसाद कोईरालापनि कहिलेकाँही झुक्याएर आउँथे’ एमाले मोरङका पुर्ब अध्यक्ष महेश रेग्मीले भने ‘शुरुका दिनमा जनसहभागिता जुटाउन नसक्दा निक्कै सकस परेको थियो ।’ जव काठमाडौँ लगायतका अन्य क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्दै जानथाल्यो त्यसपछि मात्र बिराटनगरका ब्यापारी तातिएको त्यो बेलामा नेतृत्व गर्दै आएका अगुवाहरु बताउँछन् ।
देशका अन्यजिल्लाहरुमा अन्दोलन दवाउनको लागि गोली हान्ने, मान्छे मार्नेसम्मका हिंसात्मक आन्दोलन भईरहँदा बिराटनगरले त्यस्ता कुनैपनि धरपकडसम्म भोग्नु परेन । पोखरिया, पुस्पलालचौक , विराटनगरमा गोली पड्काउने तर्साउने लगायतका केही पनि त्यस्ता धडपकड नभएको उनी सम्झन्छन् ।
आन्दोलनमा आगो ओकल्ने बृद्धा
जन आन्दोलन २०६२-६३ सालको त्यो दिनमा आन्दोलनमा लागेका कतिपयले ज्यान नै गुमाई सकेका छन् । पुर्बमा देखिएको त्यो बेलाको आन्दोलनमा सबैभन्दा बढी चर्चामा आएकी छायाँदेबी पराजुली ७६ बर्षको उमेरमा सबैभन्दा अघिअघि बसेर गरेको आन्दोलनले सबैलाई चकित तुल्याएको थियो । सुनसरीकी छायाँदेबी पराजुली ईटहरीको आन्दोलनमा सक्रिय भएर लाग्नु भएकी एक बृद्धको हुँकारले आन्दोलनको आगो ओकल्थ्यो । उनको अहिले देहान्त भईसकेको छ । जनआन्दोलन चौक हिमालय टाकिज अगाडी सबैतिरबाट जुलुस आउँथ्यो त्यहँी भेला भएर आक्रोश पोखिन्थ्यो । पुर्बका सबैभन्दा बढी आन्दोलन हुने जिल्लाहरुमा धनकुटा, धरान, ईटहरी, बिराटनगर तथा दमक र भद्रपुरमा आन्दोलन उत्कर्षमा पुग्दै गर्दा बिराटनगरमा ८० काटेका बृद्धा आमाहरुका जोशिला नाराले सबैलाई हौस्याउँथ्यो । आन्दोलनमा ८३ बर्षिय राधा पौडेल, ७६ बिर्षिय नोना कोईरालापनि आएर उफी्र उफ्री नारा लगाउँथे ।
आन्दोलनको उपलब्धि
राजा ढाल्ने भन्दै शुरु भएको आन्दोलनले १९ दिन पछि राजसंस्थालार्ई पाखा लगाएरै छाड्यौ । देशमा जनताबाट गुमेको लोकततन्त्र फर्किएको अनुभुती गरे । २०४६ सालको आन्दोलनको अगुवाई गरेका रामाप्रसाद रिजाल अहिले देश संघीयतामा गएर पनि विकासका एजेण्डाहरु अघि आउन नसकेकोमा चिन्ता ब्यक्त गर्छन् । उनी बिपी कोईरालाको राजनीति यात्रा देखिसँगै यात्रा गरेका मध्यका एक हुन् । तर जे सोचेर आन्दोलनहरु भए त्यसबाट जनताले उपलब्धि भने हाँसिल गर्न नसकेको उनको गुनासो छ । जनता जहाँका त्यही छन् नेताहरुले आफ्नो स्वार्थ बाहेकको कामै गर्न नसकेको उनको भनाई छ । अवको यो अबस्थामा पनि काम गर्न नसक्ने हो भने जनताको आक्रोश दलका नेताहरु प्रति ओकलिने र त्यो भनेको भयानक अबस्था हुने उनको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्