घरेलु मैदान पनि फापेन दिल्लीलाई

<span class='c1'>घरेलु मैदान पनि</span> <span class='c2'>फापेन दिल्लीलाई</span>

वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो ।

फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नायरले सर्वाधिक ३४ रन बनाए । यस्तै डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंहले १४ रन जोडे ।

बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । अवेश खान र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

१४४ रनको सस्तो लक्ष्य पछ्याएको दिल्ली ८ विकेट गुमाउँदा १३९ रनमा समेटियो ।

दिल्लीका लागि श्रेयस ऐयरले सर्वाधिक ५७ रन बनाएका थिए । राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए ।

बलिङतर्फ पन्जाबका अंकित राजपुत, एन्ड्र्यू टाई र मुजिब उर रहमानले २–२ विकेट लिए ।

दिल्लीमाथि जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्