कोशीमा माछा घट्न थालेपछि कोशी ब्यारेजमा माछाको कारोबार घट्यो

<span class='c1'>कोशीमा माछा घट्न थालेपछि कोशी</span> <span class='c2'>ब्यारेजमा माछाको कारोबार घट्यो</span>

सुनसरी । कोशी व्यारेज क्षेत्रमा माछाको कारोबार घट्न थालेको छ । कोशीमा माछा घट्न थालेको र भारतीय क्षेत्रबाट आयत गरिने माछामा पनि कमी हुन थालेपछि पहिलेको तुलनामा कारोबार घटेको हो ।

 

पहिलेको तुलनामा भन्दा अहिले कोशीमा माछा कम भेट्न थालेको व्यवसायी बताउँछन । कोशी आसपासमा भारतीय माछाकोपनि खरिद बिक्री गर्ने स्थान भएकाले पनि आयात गरिएको माछा कम आउन थालेपछि कारोबार घटेको उनीहरु बताउछन । कोशी व्यारेज क्षेत्रमा माछाका पारखीहरुको पहिलो रोजाईमा पर्ने जलकपुर माछा पहिलेको तुलनामा कम पाइने गरेको माछा व्यापारीहरु वताउँछन ।

 

पुर्व पश्चिम राजमार्ग अन्र्तगत कोशी व्यारेज क्षेत्र भएर यात्रा गर्ने यात्रुहरुका साथै माछा किन्नका लागि टाढाटाढा देखि आउनेहरुलाई लक्षित गरी माछा पसलहरु सञ्चालनमा छन् ।

तर माछा घटेसंगै माछाको मुल्य भने अधिक बढेको स्वयम माछा व्यापारीहरु बताउछन । कोशी व्यारेज क्षेत्र भएर यात्रा गर्नेहरु त्यस क्षेत्रका माछा व्यापारीहरुका मुख्य ग्राहकहरु हुन । तर अहिले खोजेका माछाहरु पाउन छोडेपछि माछा नकिनी फर्कनु परेको झापाका हरिप्रसाद सिलवाल बताउनु हुन्छ ।

कोशीको नदीबाट मछुवाराहरुले दैनिक १० देखि १२ केजीसम्म मात्र माछा निकाल्ने गरेका छन । तर अहिले सिजन समेत नभएकाले दिनको ४ देखी ६ केजी सम्म मात्र माछा निकाल्ने गरेको पाइन्छ ।

कोशीका माछाहरु स्वादिलो हुने विश्वासले यात्रुहरुले कोशेलीका रुपमा समेत किनेर लैजाने गरेका छन । कोशी व्यारेज क्षेत्रमा जलकपुर, काँटी, रौं, मडोर, वुहारी लगायतका जातका माछाहरुको माग अधिक बढेको छ । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्