धरानमा दुई विद्यार्थीमाथी छुरा प्रहार, दुवैको छातीमा चोट

<span class='c1'>धरानमा दुई  विद्यार्थीमाथी छुरा</span> <span class='c2'>प्रहार, दुवैको छातीमा चोट</span>

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी सोमबार राती छुरा प्रहार भएको छ ।

धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा उनीहरुमाथी आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको छ । आक्रमणबाट घाइते हुनेहरुमा बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजन खड्काको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ ।

घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको थियो । खड्का पनि अहिले खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

आक्रमणकारी धरान–१५ बस्ने विज्ञान लिम्बूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने अन्य फरारको समेत पहिचान भइसकेकोले तत्काल पक्राउ गरिने डिएसपी पौडेलले बताए । आक्रमणकारी कुम्दे लिम्बू र लिम्बे भनिने विकेन लिम्बू फरार छन् ।(ब्लास्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्