‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका प्रसाईको दिपकसँग रजाई

‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका प्रसाईको दिपकसँग रजाई

विराटनगर । चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यस अगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउत यो क्याम्पबाट बाहिरिएकी छिन् । नायिका प्रियंका कार्कीलाई भने यो टिमले यसपटक पनि छाड्न सकेन । यसपटक प्रियंका विशेष भूमिकामा देखिने निर्माण पक्षले बताएको छ ।
चलचित्रका लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले भने-‘यसपटक हामीलाई बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको थियो । यसैले पनि दीपिकामा त्यो गुण देखेकाले रोजेका हौं ।’ दीपकले यसपटक चलचित्रमा नायिका दीपिका प्रसाइसँग रोमान्स गर्नेछन् । दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रको छायांकन वैशाख १७ गतेबाट हुनेछ । चलचित्रमा जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । पोखरा र दमौलीमा चलचित्र छायाङ्कन हुनेछ । यसपटक वैदेशिक रोजगारको कथाबाट पर हटेर समाजकै अन्य कथालाई उठान गरेको निर्माता दीपकराज गिरीले बताए । चलचित्रलाई दशैको फूलपातिबाट रिलिज गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्