विद्यार्थीलाई छुरा हान्ने पक्रन प्रहरीको हवाई फायर, ३ जना प्रहरी नियन्त्रणमा

<span class='c1'>विद्यार्थीलाई छुरा हान्ने पक्रन प्रहरीको हवाई</span> <span class='c2'>फायर, ३ जना प्रहरी नियन्त्रणमा</span>

विराटनगर, ११ वैशाख ।
प्रहरीले बिद्यार्थीलाई छुरा हान्ने ब्यक्तिलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको छ । सुनसरीको धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले आज बिहान पक्राउ गर्ने क्रममा प्रहरी माथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । धरान–१५ स्थित महादेव चोक भन्दा तलबाट प्रहरीले कुम्बे भन्ने दिपल राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरी माथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक राउण्ड फायरीङ गरेको थियो । प्रहरीले राईलाई पक्राउ गर्न फायरीङ गर्नुपरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । तर प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने लागेन । प्रहरीले फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।
हिजो साँझ धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा विद्यार्थीमाथि आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो । आक्रमणबाट बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएका थिए । छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजनको हातमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते विद्यार्थीहरुको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको छ । आक्रमणकारी धरान–१५ बस्ने विज्ञान लिम्बूलाई सोमबार राती नै प्रहरीले पक्राउ गरेको थियो भने आज बिहान कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गरेको छ । दुबै बिद्यार्थी धरान बाहिर बाग्लुङ र काभ्रेबाट धरान आएर पढेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्