विराटनगरकी ४ बर्षे बालिकाको राष्ट्रगान प्रति यस्तो माया हेर्नुहोस | बाल प्रतिभा श्रंखला – १

विराटनगरकी ४ बर्षे बालिकाको राष्ट्रगान प्रति यस्तो माया हेर्नुहोस | बाल प्रतिभा श्रंखला – १

विराटनगर ११ बैशाख । उनले बोलेको बोली पनि तोते तोते छ, उनी प्रष्ट बोल्न सक्दिनन् । तर पनि उनको बोली सुन्दा सुनौँ सुनौँ  जस्तो लाग्छ । उनी भर्खरै मात्र ४ बर्ष पुगिन् । उनी त्यही लटपटिएको बोलीमा नेपालको राष्ट्रिय गान मज्जाले गाउन सक्छिन् । सम्वभवत अझै पनि हामी कतिपयलाई राष्ट्रगान नहेरी गाउन आँदैन । तर विराटनगर ६ सरोचियाकी एक दुधेबालिकाले भने “सयौं थुगा फूलका हामी एउटै माला नेपाली” राष्ट्रिय गान नहेरी मज्जाले गाउछिन् ।

विराटनगरको टोलर्स सेभेन मन्टेश्वरीमा नर्सरीमा पढ्दै गरेकी आरोही गुप्ताले राष्ट्र गान गाएर जो कोहीलाई मक्ख पार्छिन् । बुबा रवि कुमार गुप्ता र आमा शिल्पी गुप्ताको कोखबाट २०७० साल माघ २६ गते जन्मिएकी आरोही अडाई बर्षको उमेरमा मन्टेरश्वरी भर्ना भएकी थिईन् । उनलाई राष्ट्र गान मात्र हैन अन्य विषयमा केही कुरा सोध्यो भने मज्जाले नै जवाफ दिन्छीन् । उनका बुबा भन्छन् आरोहीले ३ महिना पहिले देखिनै राष्ट्र गान गाउने गरेकी थिईन् । आरोहीले कुनै एउटा कुराको बारेमा जानकारी पाउने वित्तिकै सबै कुरा भन्ने गरेका उनका बुबा रवि गुप्ताले बताए । स्कुलमा पढ्ने अलवा गित गाउन पनि उतिकै अगाडी रहेकी छिन् आरोही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्