विराटनगर ११ वैशाख । चिनिको भन्सार मुुल्यमा गरिएको वृद्धि फिर्ता लिन मोरङ व्यापारसंघले माग गरेको छ । व्यापारसंघले विराटनगरमा पत्रकार सम्मेलनगरी सरकारले चिनिमा लगाएको भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी वढ्ने र यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर्ता गर्न सिङ्गो संस्था नै लागेको हो ।
सरकारले चिनीको भन्सार मुुल्य दोव्वर वढाएर ३० प्रतिशत पुु¥याएको भन्दै त्यसको व्यापारीहरुले विरोध गरेका छन् । चिनीको भन्सार १२ प्रतिशतवाट ३० प्रतिशत पु¥यनए पछि भन्सार मुुल्य अनुुसार नेपाली वजारमा चिनीको लागत खर्च प्रतिकेजी ७२ रुपैयापर्ने र भारतीय वजारमा चिनीको प्रतिकेजी खुुद्रा मुुल्य ४८ देखी ५२ रुपैया रहेको व्यापारीको भनाई छ ।
पत्रकार सम्मेलनमा वोल्दै मोरङ व्यापारसंघका अध्यक्ष पवन शारडाले चिनीमा वृद्धि गरिएको भन्सार मुुल्यका कारण पैठारी भएका चिनीहरु विराटनगर भन्सारको गोदाममा थन्क्याउन वाध्य भएको वताए । जवरजस्ती गरिएको भन्सार वृद्धिले उद्योगीहरुलाई हत्सोसाहित वनाउने काम गरेको वताए । उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायले चिनीको भन्सार मुुल्यमा गरिएको वृद्धिले जनतामा असर पर्ने भएकाले गरिएको भन्सार वृद्धी हटाउन माग गरे । व्यापारसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुुण्दडाले करको दरभन्दापनी करको दायरा वढाउनुुपर्नेमा जोड दिए । व्यापारसंघका पुुर्व अध्यक्ष शंखरलाल अग्रवालले निजिक्षेत्र सित करमैत्री वातावरण भन्ने सिद्धान्त र वातवारणलाई सरकारले आत्मसाथ गर्नुुपने बताए ।