३३ किलो सुन प्रकरण :२३ जना एकैदिन अदालतमा, सुन काण्डमा प्रहरी नेतृत्वको हात हुन सक्ने आशंका

३३ किलो सुन प्रकरण :२३ जना एकैदिन अदालतमा, सुन काण्डमा प्रहरी नेतृत्वको हात हुन सक्ने आशंका

विराटनगर, १२ वैशाख ।
सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गईरहेका बेला मोरङ प्रहरीले मंगलवार एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ । हिरासतमा लिईएका २३ जना बिरुद्ध अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकु्मार बिसीले जानकारी दिए । आईतवार पक्राउ परी सोमबार बिराटनगर ल्याईएका नेपाल प्रहरीका पुर्व डिआईजी गोविन्द निरौलालाई हिजै मात्र २ दिनको म्यादथप गरिएकोमा आज अनुसन्धानको दायरामा पक्राउ परेका सबैलाई एकैसाथ म्याद थप परिएको हो । विराटनगरमा सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको छ ।

३८ जना मध्ये २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ जना अझै फरार छन् । प्रहरीको फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा परेका छन् । प्रहरीले नियन्त्रणमा लिएका २३ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा म्याद थप गरि अनुसन्धान गरिरहेको हो । गत फागुन १९ गते शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अबस्थामा राखिएको स्करपीयो भित्र फेला परेको थियो । मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या पछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको बताईन्छ । पुर्व डिआई निरौला आईतवार पक्राउ परेपछि सुनकाण्डमा उनी भन्दा माथिल्लो निकायको पनि संलग्नता रहेको हुनसक्ने अनुसन्धान टोलीको निश्कर्ष छ । निरौला त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको समयमा ३३ किलो सुन हराएको र त्यसरी सुन हराउनुमा उनको पनि संलग्नता रहेको र सनम हत्याको अभियोगमा पोल खुल्ने डरले सनमको हत्यामा उनी सहितको संलग्नता रहेको हुन सक्ने श्रोत बताउँछ । तर अनुसन्धान भईरहेकोले यो बिषय यसैभनिहाल्न सक्ने अबस्था नरहेको अनुसन्धान श्रोतले जनाएको छ। 
यि ब्यक्ति प्रहरी हिरासतमा

[caption id="attachment_52902" align="alignnone" width="696"] जिल्ला प्रहरी कार्यालय मोरङ[/caption]

३३ किलो सुनका भरिया सनम शाक्यको हत्या अभियोगका सन्दर्भमा प्रहरीले पक्राउ गरेका २३ जनालाई म्यादथप गरेको हो । यसरी प्रहरीको अनुसन्धानमा बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्र्कीे, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्याङ चाचाजी, राजन थापा, राजेन्द्र कुमार शाक्य, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदन प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई आजको मितिदेखि लागु हुनेगरि ८ दिनको म्याद थप गरिएको छ ।
प्रहरीलाई भ्याई नभ्याई
जिल्ला प्रहरी कार्यालय मोरङले सनम हत्या तथा ३३ किलो सुनको सन्दर्भमा पक्राउ गरेका २३ जनाको अन्ुसन्धान गर्न सबै प्रहरी फोर्स परिचालित गराएको छ । त्यस्तै फरार रहेका अन्यब्यक्तिको खोजीमा पनि प्रहरी परिचालित भएपछि अहिले मुद्दाशाखामा अनु्सन्धान अधिकृत भेट्न मुस्कील पर्छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले माताहतका कार्यालयहरुबाट ५ जना बढीलाई त्यही घटनामा अनुसन्धानको लागि झिकाएाके छ भने मुद्दा शाखामा रहेका ७ जना अनुसन्धान अधिकृत पनि सोही घटनाको अनुसन्धानमा भिडेका छन् । मोरङ प्रहरीमा अहिले मुद्दाफाँटमा रहेका अनुसन्धान अधिकृतको संख्या कम भएपछि बाहिरबाट प्रहरी अधिृकत झिकाईएको छ ।

जहाजका कर्मचारी पनि हिरासतमा
प्रहरी हराएको सुन प्रकरण हत्या भएका सनम शाक्यको बिषयमा अनुसनधान गर्न अन्तराष्ट्रिय उडा गर्ने नेपाल एयरलाएन्स, दबई एयरवेज र थाई एयरलाईन्सका कर्मचारीलाई पनि पक्राउ गरि अनुुसन्धान अघि बढाएको छ। तर प्रहरीले पक्राउ परेका जहाज कर्मचारीको बिषयमा उनीहरुको बिवरण उपलब्ध गराएको छैन ।कुन एयरलाईन्सका कतिजना पक्राउ परेका हुन भन्ने एकिन छैन । अनुसन्धान श्रोतका ति जहाजहरु कै मिलेमत्तोमा खुलेयाम बिदेशबाट सुन नेपाल भित्र्याउने अनी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आएपछि प्रहरीको सेटिङमा सुन बाहिरिने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा संलग्न एक अनुसनधान अधिकृतले भने ‘विगत २०४४ साल देखि सुनको तस्करी हुन थालेको देखिन्छ पछि ३३ किलो स्ुन हराएपछि यी घटनाहरु बाहिर आएका हुन् ।’ तर हराएको सुनको बिषयमा प्रहरीले यतिकालाई पक्राउ गरेको भएपनि सुनको बारेमा कसैलाई पनि थाहा छैन । कहाँ छ ३३ किलो सुन सबै तैँ चुप मै चुपको अबस्थामा रहेका छन् । मुख्य नाईके भनिने गोरे अहिले पनि खुलेयाम हिँडिरहेको भनेर बाहिर बजारमा हल्ला आउने गरेको भएपनि प्रहरीले उसको बारेमा सुईकोसम्म पाएको छैन । तर अनुसन्धानको क्रममा दुवई या भारतमा भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले गोरेको सन्दर्भमा डिफ्युुजन नोटिस भने सार्बजनिक गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्