आवर विराटनगर डटनेट
विराटनगर, १२ वैशाख ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १० को बंगलामुखी मार्गमा मंगलवार दिउँसो एउटा डोजर धमाधम काम गर्दैथियो । त्यो डोजरको काम सडक बनाउने भन्दा पनि बनाएको सडक र ढलको निकासका लागि बनाईएको रिङ निकाल्ने काम गरिरहेको थियो । यो देख्दा लाग्थ्यो यसरी भएको कामको बारेमा कसैले अनुगमन नै गरेको छैन । आवरविराटनगर डट नेटको टोली त्यहाँ पुग्दा विकासको काममा बिनाश भएको देख्यो । हामीले यहाँ किन यस्तो भएको होली भनी त्यहीँका स्थानीयलाई सोध्दा स्थानीले सहजै भने यहाँको काममा ईन्जिनियरिङ रिजाईन फेल भएर फेरी भत्काएर काम गर्नु पर्ने रे, भन्ने सहजै जवाफ दिए । यो सडक करिब २ महिना अघि मात्र निक्कै दुःख र मेहनतका साथ बनाईएको थियो तर यो सडकको डिजाईनमा बिचको ढलको भागको उचाई कम भएको भन्दै डोजरले फेरी भत्काएको हो ।
विराटनगर महानगरपालिकामा निर्माण भईरहेका विकासका काममा यो घटनाले थप आशंकाहरु उब्जीन थालेका छन् । स्थानीय अनमोल प्रधानले विराटनगर महानगरपालिकाले बनाएको सडकको डिजाईन नै गलत भएको बताए । ‘अहिले बनाएको विकासको काममा चरम लापरवाही भएको छ, उनले भने, जनताले निकास खोजेका हुन्छन् तर अहिले गलत डिजाईको कारण थप समस्या खेप्नु पर्ने अबस्था आउँदैछ ।’ यहाँका अधिकांशले बाटो ठुलो होला भनेर घर भत्काएका थिए तर सडकको चौडाई भने नबढेको उनले थप आरोप लगाए । उनले भने–‘पहिला एकथोपा पानी नपस्ने मेरो घरमा अस्ती परेको सामान्य पानी मै जम्यो, यो कस्तो काम हो आमनागरिकलाई अप्ठेरोमा पार्ने ?’
डोजरले सडक भत्काउँदै गरेको अबस्थामा भेटिए आशिष निर्माण सेवाको ईन्जीनियर हुँ भन्ने सन्तोष यादव । उनले पहिलाको गलत निर्माण भत्काएर सुधार्न खोजेको बताए । यो सडक कालिकालाई यस अघि ठेक्का दिईएको थियो । कालिकाले लिएको ठेक्काका अधिकांश काम काम चलाउ र मापदण्ड बाहिर रहेको स्थानीयले आरोप लगाएका छन् । यादवले भने, ‘पहिला कालिकाले बनाएको काममा प्रबिधिक समस्या देखिएपछि अहिले फेरी भत्काएर बनाउनु प¥यो ।’
बिराटनगर महानगरपालिकाका ईन्जिनियर भरत न्यौपाने त्यो बेला बिराटनगरको मापदण्ड निर्माण गर्ने ब्यक्ति मध्येका एक हुन । अहिले उनी मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजनाका परियोजना ब्यवस्थापकको रुपमा काम गर्दै आएका छन् । उनलाई परियोजनाको ब्यवस्थापनको जिम्मेवारीमा ल्याउने ब्यक्ति भनेका अहिलेका जनप्रतिनिधि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नै हुन । उनले आफु अनुकुलका कर्मचारी ल्याएर काम गराउँला भनेर सोचेका थिए तर अहिलेको काम गराई हेर्दा अनुगमन बिनाको जस्तो देखिएको छ । मेयरले काम गर्छु भन्दै गर्दा यसरी देखिएका गलत डिजाईनले मेयरले काम गर्न खोजेपनि कर्मचारी र प्राबिधिकबाट असहयोग भएको हो की भनेर नगरवासीले अड्कल काट्न थालेका छन् ।
काम गर्ने जिम्मेवारी पाएको परियोजना भित्रको एउटा ठेकेदार कम्पनी कालिका कन्ष्ट्रक्सनले निर्माण गरेको अधिकांश स्थानका विकासका काम ईन्जिनियरिङ डिजाईन भन्दा फरक देखिएको छ । त्यस्तो हुनुमा विराटनगर महानगरपालिकाको ईन्जिनियरिङ डिपार्टले दिईएको जिम्मेवारी बहन नगरेको हो भन्नेमा नगरवासी छन् ।
एसियाली विकास बैंकले बिराटनगरको विकासका लागि भन्दै पहिलो सम्झौता अनुसार ९०० दिनमा काम सक्ने गरि गरेको डिजाईनले काम नगरेको बिभिन्न समस्या आएको भन्दै पटक पटक म्याद थप ग¥यो । तर ठेकेदार कम्पनी कालिकाले कामै गर्न सकेन । निर्माण गरेका संरचना पनि लामो समय टिकाउ नहुने खालको रहेकको यो अहिले भईरहेको कामको परिणामले पनि देखाएको छ । यस बारेमा परियोजनाका ब्यवस्थापक भरत न्यौपानेसँग जानकारी लिन फोन गर्दा उनको फोन उठेन । यस बारेमा हामी थप फलोअप गर्नेछौ ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=bo_zzOpa9qE&feature=youtu.be