विराटनगर, १२ वैशाख ।
झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै १६ बर्षिय छोरा रोशन श्रेष्ठ घाइते भएका छन्। उनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८०१८ नम्बरको टिप्परले सोही दिशा तर्फ आउँदै गरेको मे १६ प ४२०८ नम्बरको स्कुटरलाई साँझ ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । टिफरका चालक इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा छन्।