सप्तरीमा गाई गोठमा बालेको घुरबाट आगो सल्केर पाँच घरमा क्षति

<span class='c1'>सप्तरीमा गाई गोठमा बालेको घुरबाट</span> <span class='c2'>आगो सल्केर पाँच घरमा क्षति</span>

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ ।

स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्