दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले गरिन् आत्महत्या

दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले गरिन् आत्महत्या

वीरगञ्ज । पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । शिव दयाल र रविताकुमारीबीच विवाह गर्ने पक्का भएका थिए। दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले आत्महत्या गरेकी हुन्।

युवतीको पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । वैशाख १४ गते २१ वर्षिय शिव र १८ वर्षिय रविताको विवाह गर्ने तय भएको र विवाहको निमन्त्रणा कार्डसमेत छापिसकेको स्रोतले बताए । प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा बहुदरमाई नगरपालिका ८ का बच्चु भन्ने जयनारायण साहलाई पक्राउ गरेका छन् ।

केटापक्षले थप ८० हजार दाइजो मागेपछि केटीको परिवारले नसक्ने जनाए । रविताकुमारीले शिव दयाललाई फोनमा कुरा गर्दा उनले पनि थप दाइजो मागे । त्यही कारण रविताले वैशाख ६ मा आत्महत्या गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्