वित्तीय साक्षरताका लागि विराटनगरबाट शूरु भयो नेरुडेको घुमन्ते गाडी

<span class='c1'>वित्तीय साक्षरताका लागि विराटनगरबाट शूरु</span> <span class='c2'>भयो नेरुडेको घुमन्ते गाडी</span>

विराटनग, १२ वैशाख ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले वित्तीय साक्षरता अभियान अन्तरगतका कार्यक्रम शुरु गरेकोछ । यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस नामक कार्यक्रमको साझेदारीमा नेरुडे र सक्षम बिच साझेदारी शुरु भएको हो । नेरुडेकोतर्फबाट प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाकोतर्फबाट डेपूटि टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
देशका बिभिन्न ७ वटा जिल्लामा वितीय साक्षरता कार्यक्रम गर्नेगरी सहमती भएको हो । जस अन्तरगत नेरुडेको सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरु मार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन हुने सक्षमका टिम लिटर दाहालले जानकारी दिए । उनले नेपालमै पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउने कार्यलाई सफल तुल्याउन “बज नेरुडे” नामक घुमन्ते गाडीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

तीन वर्षको अवधिमा ३ हजार ४ सय ४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९ हजार एक सय २० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य रहेको नेरुडेका अध्यक्ष प्रा.डा. भेषप्रसाद धमलाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रकारका वित्तीय साक्षरता र उद्यमशील कार्यक्रमहरुले गाउँ–गाउँमा रोजगारीको अवसर श्रृजना गर्ने र रोजगारीको लागि विदेश जानु नपर्ने अवस्था आउने बताए । समाज विकासमा लघुवित्तको अतुलनीय योगदान रहेको समेत औल्याए । अध्यक्ष धमलाले गरिबी न्यूनिकरणमा लघुवित्त क्षेत्रले पु¥याएको योगदानको मापन गर्न नेपाल राष्ट्र बैंकले ढिला गर्न नहुने बताए । ग्रामीण क्षेत्रमा रहेका समुदायलाई लक्षित गरी स्थानीय स्तरमै वित्तीय साक्षरता दिने उद्देश्यका साथ सडक नाटक, भिडियो प्रर्दशनी, घुमन्ते गाडी, लगायतका कार्यक्रमहरु गर्न लागिएको नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्