विराटनगरको चारतारे विग होटलमा १५ देखि २५ प्रतिशत छुट

<span class='c1'>विराटनगरको चारतारे विग होटलमा १५</span> <span class='c2'>देखि २५ प्रतिशत छुट</span>

विराटनगर, १३ बैशाख ।
गत वैशाख १ गते देखि विराटनगरमा संञ्चालनमा आएको विग होटलले आफ्ना ग्राहकमा छुट योजना ल्याएको छ । विराटनगर ९ स्थित रोडशेष चोकमा सञ्चालनमा आएको होटलले नयाँ योजनाका साथ छुटको अफर ल्याएको हो । करिब ५० करोडको लागतमा सञ्चालनमा आएको होटलले कोठामा २५ प्रतिशत छुट योजना ल्याएको छ । खाने परिकारमा पनि छुट गरेको छ। पेय पद्धार्थमा १५ प्रतिशतले छुटको योजना ल्याईएको होटलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिए । नयाँ वर्षसँगै होटल पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुभारम्भ गरेका थिए ।
चार तारे अत्याधुनिक सेवासुविधा सम्पन्न होटलमा रेष्टुराँ, बार, क्याफे, लाईभम्यूजिक, सेमिनार हल, लिफ्ट, फ्रि वाईफाईजोन र स्विमिङपुलको आनन्द लिन सकिने छ । ६ तले विल्डीङमा रहेको होटल विरेन्द्र न्यौपाने र रुकमणी राजभण्डारीको लगानीमा संचालनमा आएको हो ।
होटलमा सुबिधा युक्त एसी डिलक्सका ५३ कोठा रहेको छ । होटलमा बाहिरबाट आउने ग्राहकको लागि अनलाईन अर्डर गरेर सेवा सुविधा पाउन सकिने होटल संचालकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्