मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने

<span class='c1'>मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै</span> <span class='c2'>नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने</span>

वैशाख १४ – बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका छन ।

युरोपियन कोर्टले मेसीको नाममा ब्यापार चिन्ह आफैले प्रयोग गर्न पाउने मुद्धालाई खारेज गरेपछि मेसीले यो उपलब्धि हात पारेका हुन । स्टार फुटबलर भएर पनि आफ्नै नाममा कुनै पनि खेलकुद सामाग्रीका साथै अन्य नाम प्रयोग गर्न पाउनुपर्छ भन्दै मेसी लगातार अदालती प्रक्रियामा लागेका थिए । यसअघि उनको दावेदारीलाई स्पेनीस साइकल कम्पनी मासीले नाम उस्तै रहेको भन्दै रद्द गराएको थियो ।

तर यतिबेला युरोपियन जर्नल कोर्टले साइकल कम्पनीको नाम र मेसीबीच कुनै दुविधा नभएको भन्दै मुद्दा नै खारेज गरिदिएको हो । अदालतले मेसी स्टार फुटबलर भइसकेको र साइकल कम्पनीको नामसँग केही समानता नभएको बताएको छ ।

अदालतको यो निर्णय फ्रेन्च फुटबल पत्रिकाले मेसीले रोनाल्डोलाई वर्षको धरै कमाउने खेलाडीको सूचीमा उछिनेको समाचार छापेको दोस्रो दिन गरेको हो । मेसीले एक वर्षमा एक सय २६ मिलियन युरो कमाउको उक्त पत्रिकाको दावी छ । दोस्रो स्थानमा रहेका रोनाल्डोले ९४ मिलियन युरो कमाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्