कांग्रेस बैठकमा ६ घन्टा बोले गोपालमान र गच्छदार

<span class='c1'>कांग्रेस बैठकमा ६ घन्टा</span> <span class='c2'>बोले गोपालमान र गच्छदार</span>

काठमाडौँ, १४ बैशाख  । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो, आजको नयाँ पत्रिकामा खबर छ  ।

अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।

‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

त्यसो त लामो भाषण गर्नेहरू गच्छदार र श्रेष्ठ मात्रै होइनन् । यसअघिका बैठकमा विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले दुई–दुई घन्टा तथा मीन विश्वकर्मा र किशोरसिंह राठोरले डेढ–डेढ घन्टा बोलेका थिए । तर, लामो भाषण सुन्नुपर्दा अधिकांश सदस्यले भने पट्यार मानेका थिए । लामो भाषण पट्यारलाग्दो भएको गुरुराज घिमिरेले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्