बिर्तामोडमा यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ

<span class='c1'>बिर्तामोडमा यौनधन्दामा संलग्न भएको आरोपमा</span> <span class='c2'>होटल सञ्चालकसहित नौ जना पक्राउ</span>

बिर्तामोड ।  होटलबाट यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक रामेश्वर द्विवेदी, बुद्धशान्ति गाँउपालिका २ निवासी २५ वर्षीया अभिषेक चम्लागाई, सोही गाँउपालिका १ निवासी ४२ बर्षीया निर्मल घिमिरे, हल्दिबारी गाँउपालिका ३ निवासी २२ वर्षीया सुजाता तामाङ रहेका छन् ।

त्यसैगरी भारत ठाकुरगंज सहुडाँगी किसनगंज बस्ने ३० वर्षीया धिरजकुमार राय, सोही ठाँउका ३५ वर्षीया चन्दनकुमार सिन्हा, २६ वर्षीया गौतमकुमार सिंह, ४० वर्षीया अब्दुल सुभान, भारत सिलिगुढी दार्जिलिङ सालबाडी निवासी २४ वर्षीया निमा शेर्पा, दमक नगरपालिका ९ निवासी २४ वर्षीया आशिका कोईराला रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरूविरूद्ध जिल्ला प्रशासन कार्यालय झापाले  सार्वजनिक अपराध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्