प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने विप्लवका पाँच कार्यकर्ता पक्राउ

<span class='c1'>प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट</span> <span class='c2'>गराउने विप्लवका पाँच कार्यकर्ता पक्राउ</span>

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा वम विस्फोटमा संग्लन एक महिलासहित पाँच जना विप्लवको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । गत आइतबार यादवको धापाखेलस्थित घरमा बिष्फोट भएको थियो ।

ललितपुर प्रहरीका एसएसपी गणेश ऐरका अनुसार पक्राउ पर्नेमा नेकपाका लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरे, बाबुराम राई, धिरेन्द्र कुमारी उपाध्याय, सफल बाबु कुँवर, विकास महर्जन रहेका छन् । एसएसपी ऐरका अनुसार घिमिरेलगायत अन्य सबैलाई अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

आइतबार साँझ भएको विस्फोटबाट यादवको घरका सिसा फुट्नुका साथै पर्खालमा समेत क्षति पुगेको थियो । विस्फोटपछि प्रमुख निर्वाचन आयुक्तसहित अन्य आयुक्तहरुले सुरक्षाको माग गर्दै आएका छन् । विप्लवको नेकपाले भने घटनाको औपचारिक जिम्मा लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्