न्युरो अस्पतालद्धारा स्वास्थ्य स्वयम सेविकालाई तालिम

<span class='c1'>न्युरो अस्पतालद्धारा स्वास्थ्य</span> <span class='c2'>स्वयम सेविकालाई तालिम</span>

विराटनगर, १४ वैशाख ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको विस्तारित शाखा तुलशाा मदर एण्ड चाइल्ड हस्पिटलले महिला स्वास्थ्य स्वयं सेविका लक्षित महिला तथा बाल स्वास्थ्य सम्बन्धि एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । अभिमुखिकरणमा अस्पतालका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी तथा बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह, नर्सिङ तर्फका कर्मचारी पुजन योगी तथा सुनिता रामले महिला तथा बाल स्वास्थ्यमा देखा पर्ने समस्याको बारेमा जानकारी दिनुका साथै त्यसका लक्षण तथा निदानको विषयमा बताए । कार्यक्रममा डा. राठीले महिलामा बढी देखिने पाठेघरको मुख तथा स्तन क्यान्सर बाट बच्ने उपाय तथा क्यान्सरको प्रारम्भिक पहिचान पहिचानको बारेमा बताईन् ।
अस्पतालका अध्यक्ष डा.बिरेन्द्र कुमार विष्टले स्वस्थ आमा, सम्पन्न परिवार तथा स्वस्थ बच्चा, उज्वल भविष्यको आधार भन्ने मुल मन्त्रको साथ अस्पतालको शाखा विस्तार गरिएको जानकारी दिए । बिराटनगर महानगरपालिकाका बरिष्ठ अहेव अधिकृत अपोलो भगतले महिला स्वास्थ्य स्वयम सेविका लक्षित कार्यक्रम हरेकका घरघरमा पुग्ने भएकाले स्वास्थ्य सम्न्धि जानकारी बढ्ने उल्लेख गर्दै सकारात्मक प्रभाव पर्ने बताए ।
रोग लागे पछि उपचार गर्नृू भन्दा रोग लाग्न नदिने उपाय गर्नु महत्वपूर्ण रहेकोले पहिलो चरणमा नै अस्पताल पुग्ने पूभावकारी उपाएको बारेमा अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले सहभागीलाई जानकारी दिएका थिए । अस्पतालले विगतमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दे आएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिईने अस्पतालको योजना छ । अहिले बिराटनगर महानगरपालिका भित्रका स्वास्थ्य स्वयम सेविकाहरुलाई तालिम दिईएकोमा आगामी दिनमा त्यसलाई बढाउँदै अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम गर्नै अस्पतालको योजना रहेको जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्