विराटनगर १५ बैशाख । नेपाल प्रहरीको कल्याण कोषबाट आएको रकमबाट प्रहरीका परिवारलाई सिप मुलक तालिम प्रदान गरिएको छ । पूर्व क्षेत्रिय तालिम केन्द्र तथा सुरक्षा गणमा कार्यरत प्रहरीका परिवारजनलाई व्यूटिसियन सम्बन्धी ३ महिने आधारभुत तालिम प्रदान गरिएको हो ।
करिब २० जना प्रहरीका श्रीमतीहरुलाई पहिलो चरणको आधारभुत व्यूटिसियन तालिम प्रदान गरिएको हो । उनीहरुलाई नेपाल व्यूटिसियन संघ ट्रेड युनियन मोरङकी उपाध्यक्ष विन्दु श्रेष्ठ तथा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल मोरङकी उपाध्याक्ष कला डागीले प्रशिक्षण दिएका छन् ।