आईपीएलमा मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

आईपीएलमा मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

वैशाख १६ – मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएपछि चेन्नई सुपर किंग्सले आईपीएलमा २ अंकको अग्रता लिने मौका गुमाएको छ । शनिबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई मुम्बईसँग ८ विकेटले पराजित भयो । मुम्बईको भने यो दोस्रो जित हो ।

चेन्नईले दिएको १७० रनको लक्ष्य मुम्बईले १९.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो  । मुम्बईलाई जित दिलाउनका लागि रोहित शर्माले ५६ रनको कप्तानी पारी खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए । यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभिन लुइसले पनि ४३ बलमा ४७ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ७५ रनको योगदान दिएका थिए । यस्तै अम्बाती रायडुले ४६ रन बनाए भन महेन्द्रसिंह धोनीले पनि २६ रन बनाए । बलिङ तर्फ मिचेल म्याकलेनाघन र क्रुनाल पाण्डेले २–२ विकेट लिएका थिए । चेन्नई १० अंक सहित हैदराबाद र पञ्जाबसँगै संयुक्त रुपमा आईपीएल तालिकाको शीर्ष स्थानमा छ भने मुम्बईले ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्