युट्यूब हेरेरै बच्चा जन्माएपछि…

युट्यूब हेरेरै बच्चा जन्माएपछि…

१६ वैशाख – अमेरिकामा टिया फ्रीम्यान नामकी एउटी महिलाले ​युट्यूब हेरेर बच्चा जन्माएकी छिन् । उनले होटेलमा एक्लै रहेको बेला सुत्केरी बेथाले च्यापेपछि बच्चा जन्माउन ​युट्यूबको सहारा लिएकी हुन् ।

उनले ट्विटरमा आफूले सुत्केरी बेथालाई फूड पोइजनिङ ठानेको बताइन् । अहिले आमा बच्चा दुवै सकुशल छन् ।

I didn’t know I was pregnant for awhile (already in my 3rd trimester) and before you ask the birth control I was on made it so I didn’t have a cycle every month. So not having a period wasn’t an indicator for me. On top of that I didnt really gain any weight.

Me when I found: pic.twitter.com/An5QA3hX8A

— Tia Freeman (@TheWittleDemon) April 24, 2018

उनका अनुसार उनी बच्चा पाउने मनस्थितिमा थिइनन् । आफूलाई लामो समयसम्म गर्भवती भएको कुरासमेत थाहा नभएको फ्रीम्यानले बताएकी छिन् । पाँच केजी मात्रै तौल बढेकाले त्यसलाई मोटोपन बढेको रुपमा आफूले हेरेको फ्रीम्यानले बताएकी छिन् । सबै कुरा ठिक हुने आशामा उनी जर्मनीको भ्रमणमा हिँंडिन् ।

१४ घण्टाको हवाई यात्राको दौरान उनले पेटमा अप्ठेरो भएको महसूस गरिन् । उनले त्यसलाई फूड पोइजनिङ ठानिन् । उनी टर्की ट्रान्जिटमा विमानबाट झरेपछि असिनपसिन भइन र उल्टी पनि गरिन् । उनले गुगल गरिन् र बेथा लागेको थाहा पाइन् ।

होटलमा आएर उनले हतारमा एम्बुलेन्सलाई खबर गर्नुको साटो युट्यूब गरिन् । उनले बाटामा तातोपानी भरिन्, केही गम्छाहरु लिइन् र युट्यूबमा सुत्केरी हुने दुई तीन सजिला आशन हरु सिकिन् । उनले युट्यूब हेर्दै जोड लगाइन र केही बेरमै एउटा बच्चालाई जन्म दिइन् ।

I make it to my hotel & now I’m sure I’m in labor. There is no way in the world I’m not in labor because I can barely standup at this point. So I’m in a foreign country, where no one speaks english, I don’t know this country’s emergency number, & I have no clue what to do. pic.twitter.com/sk6k10zdu5

— Tia Freeman (@TheWittleDemon) April 24, 2018

‘मैले यस्तो पीडा कहिल्यै भोगेकी थिइन, उनले ट्विटरमा लेखिन् । ‘म डराइनँ’, उनले लेखेकी छिन् । बच्चा पाएपछि उनले युट्युबमा हेरेरै सालसमेत व्यवस्थापन गरिन् र जुत्ताको तुनाले बाँधेर नालसमेत काटिन् ।

Almost immediately as I sit down it plops out. The hotel had these sanitation baggies in the bathroom so I just picked it up by the cord and dropped it in the bag. Now it’s still attached to him so now I’ve got to google how to cut an umbilical cord. pic.twitter.com/urJHrIu9mN

— Tia Freeman (@TheWittleDemon) April 24, 2018

‘हरेक होटलको कोठामा पानी तताउने इलेक्ट्रिक किट्ली हुन्छ, मैले पानी उमालें र जुत्ताको तुनालाई स्टेरिलाईज गरेँ;, उनले ट्विटरमा लेखेकी छिन् ।

उनले बच्चाको नाम जेभिएर राखेकी छिन् ।

यो घटना बुझेपछि टर्किश एयरलाइन्सले टियालाई इस्तानबुलको एउटा होटलमा दुई हप्ता बस्ने व्यवस्था मिलाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्