प्रदेश २ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलव कति ?

प्रदेश २ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलव कति ?

धनुषा, १६ बैशाख  । प्रदेश २ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म जोडिने गरी पारिश्रमिकसम्बन्धी विधेयक तयार पारेको छ । प्रदेश सभाले पारित गरेअनुसार सेवासुविधा निश्चित हुनेछ, नयाँ पत्रिकामा खबर छ ।

मुख्यमन्त्री
तलब : ६० हजार ९ सय ७०
सवारीसाधन : गाडी
आवास : घर
इन्धन : ३०० लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
अतिथि सत्कार खर्च : १५ हजार
भ्रमण : ३ हजार (प्रतिदिन)
सञ्चार/पत्रपत्रिका : ३ हजार
पानी/बिजुली : २ हजार
बिमा : १० लाख

मन्त्री 
तलब : ५७ हजार ७ सय ८०
सवारीसाधन : गाडी
इन्धन : २२५ लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
आवास : १५ हजार
भ्रमण : २ हजार (प्रतिदिन)
सञ्चार/पत्रपत्रिका : ३ हजार
पानी/बिजुली : २ हजार
बिमा : १० लाख

सभामुख 
तलब : ५८ हजार
बैठक भत्ता : १ हजार
सञ्चार/पत्रिका : ३ हजार
आवास : घर
सवारीसाधन : गाडी
इन्धन : २२५ लिटर
मोबिल : १० लिटर (त्रैमासिक)
भ्रमण : ३ हजार (प्रतिदिन)
बिमा : १० लाख

सांसद 
तलब : ५५ हजार
बैठक भत्ता : १ हजार
सञ्चार/पत्रिका : ३ हजार
आवास : १५ हजार
इन्धन : २०० लिटर
मोबिल : ५ लिटर (त्रैमासिक)
भ्रमण : २ हजार (प्रतिदिन)
सवारीसाधन नहुनेलाई प्रतिमहिना १ हजार भत्ता
बिमा : १० लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्