प्रधानमन्त्रीले भने ‘मनमोहन पोलिटेक्निक नाफा मुखी हैन’

प्रधानमन्त्रीले भने ‘मनमोहन पोलिटेक्निक नाफा मुखी हैन’

विराटनगर, १६ वैशाख ।
नेकपा एमाले ततकालिन अध्यक्ष तथा नेपालमा कम्युनिस्टका प्रथम प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति दिवस बिधि कार्यक्रमको आयाजना गरि मनिाईएको छ । मोरङको बुढीगंगामा रहेको मनामोहन पोलिटेक्निकले पनि बिभिन्न कार्यक्रमको आयोजना गरी अधिकारीको सम्झना गरेको हो । नेपाली कम्युनिष्टको आन्दोलनमा मनमोहन अधिकारीले खेलेको भुमिकालाई अतुलनिय रहेको औल्याईएको छ । मनमोेहनले शुरु गरेको अभियान नै अहिलने नयाँ नेपाल निर्माणको आधार भएको औल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रामिण बस्तीमा रहेर पनि मनमोहन पोलिटेक्निकले नमुना काम गरेको स्मरण गरे । मनमोहनको mयोगदान जति छ त्यो भन्दा पनि बढी काम मनमोहन पोलिटेक्निकले गरेर देखाउनु पर्नेमा जोड दिए । उनले भने, ‘प्राबिधिक शिक्षालयको नाममा धेरै प्रतिष्ठानहरु जन्मिएको भएप्नि नाफामुखी भएका छन्, तर मनमोहन यस्तो बन्यो जो सँधै सेवाभावमा अघि बढेको छ ।’ उहाँले प्राबिधिक विश्व बिद्यालयको अबधारणमा गईएसकेकोले अबस्था मापन गर्दै विश्व बिद्यालय बनाउने खालको पुर्बाधार मनमोहनमा रहेको बताउँदै अझ सक्रिय र प्रभावकारी बनाउँदै लग्न आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकमार नेपाल लगायतले मनमोहनको स्मरण गर्दै मनमोहनको सम्झना गरे । मनमोहन स्मृति प्रतिष्ठानका पदाधिकारीको उपस्थितमा नेताहरुले पुर्व प्रधानमन्त्री लोकप्रिय नेता मनमोहन अधिकारीको योगदानको ंस्मरण गर्दै उनको योगदान जतिकै मनमोहन पोलिटेक्निकले पनि काम गर्नुपर्ने सुझाए । मनमोहन स्मृती प्र्रतिष्ठानका अध्यक्ष भरत मोहन अधिकारीले प्रतिष्ठानले सामाजिक क्षेत्रमा विपन्न लक्षित धेरे काम गर्दै गएको बताए । प्रतिष्ठानका सदस्य तथा करिब ५ करोडका घर तथा जग्गा दाता हरिप्रसाद शर्मा काफ्ले तथा कोषाध्यक्ष लक्ष्मी दास मानन्धरले अहिलेको अबस्थाको बारेमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्