व्यवसायी विरुद्ध यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी

<span class='c1'>व्यवसायी विरुद्ध यूरिया मिसिएको</span> <span class='c2'>चिनी बिक्री गरेको उजुरी</span>

खोटाङ, १६ वैशाख । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको हो ।

पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्धा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । मुद्धा दर्तासँगै व्यवसायी पाण्डेबाट २ लाख धरौटी माग गरिएको प्रशासनले जनाएको छ । एक ग्राहकले गएको चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले त्यसै दिन राति ९ बजे पाण्डे भेराइटिजको पसल तथा गोदामलाई सिलबन्दी गरेको थियो ।

सिलबन्दी पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते ल्याब टेष्टका लागि चिनीको नमूना संकलन गरेको थियो । खाद्य पदार्थमा अखाद्यबस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्