यसरी भयो धनकुटामा युवकको युवकसँगै विवाह….

<span class='c1'>यसरी भयो धनकुटामा</span> <span class='c2'>युवकको युवकसँगै विवाह….</span>

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न ।

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् ।

हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुबीच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरुले भागी विवाह गरेका हुन् । –राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्