मोरङको दुई स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु ६ जना घाइते

<span class='c1'>मोरङको दुई स्थानमा सवारी दुर्घटना,</span> <span class='c2'>दुईको मृत्यु ६ जना घाइते</span>

विराटनगर, वैशाख १८ गते।

मोरङको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्।

ग्रामथान गाउँपालिका-५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झापाका ५० बर्षिय जय सिंह राजबंशी र मोरङ जहदा बस्ने अन्दाजी ३६ बर्षिय बिनोद साह सोनारको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। यसैगरी कटहरी बस्ने २८ बर्षिय जितेन्द्र साह र कारका चालक मोरङ कर्सिया बस्ने २४ बर्षिय दिनेश राजवंशी गम्भिर घाइते भएका छन्।

उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ। दुवै सवारी साधन र पिकअपका चालक प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छन्। यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका-१ स्थित विराटनगर बिराटचोक सडक खण्डमा ना ४ त ५७०२ नम्बरको ट्याक्टर साँझ ६ बजेतिर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा ट्याक्टरमा सवार बेलबारी नगरपालिका-८ बस्ने १७ बर्षिय कारण खवास, ६० बर्षिया छिटकी राजवंशी, १४ बर्षिय शिब नारायण खवास र १६ बर्षिया निर्मला खवास घाइते भएका छन्। घाइते चारै जनाको स्थानीय मेडिकल हरैचामा उपचार भइरेहको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्