सोलुखुम्बु, वैशाख १८ गते।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-७ गार्मा बस्ने ४० बर्षिय रामकाजी बस्नेत सोमबार भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो ३ बजेतिर घर नजिकै रहेको खेतमा गहुँ काट्ने क्रममा अचानक उनलाई जंगलबाट आएको भालुले आक्रमण गरेको थियो।
टाउँको,छाती, र हातमा चोट लागेका उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।