मोरङ प्रहरी हिरासतमा रहेका २८ जना जेल जाँदै, एउटै ब्यक्तिको नाममा चारवटा मुद्दा

<span class='c1'>मोरङ प्रहरी हिरासतमा रहेका २८ जना जेल</span> <span class='c2'>जाँदै, एउटै ब्यक्तिको नाममा चारवटा मुद्दा</span>

विराटनगर, १८ वैशाख ।
हराएको ३३ किलो सुनको बिषयमा सनम शाक्यको हत्या भएपछि पक्राउ परेका २८ जनालाई अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय दिनरात नभनी अभियोग पत्र बनाउन ब्यस्त छ । विगत ५९ दिनसम्म त्यही बिषयमा अनुसन्धान गरि रहेको प्रहरीले आईतवार सरकारी वकिलको कार्यालयलाई फाईल बुझाए पछि अभियोग लगाउने बारेमा सरकारी वकिलको कार्यालयले अध्ययन गरेसँगै कसरी अभियोग लगाउने भन्ने बिषयमा गृहकार्य भईरहेको छ । प्रहरीले फायल बुझाएपछि जम्मा २ दिन मात्र बाँकी रहेकोले अध्ययन गर्नु पर्ने बिषय भेगमा भएकोले सरकारी वकिलको कार्यालय अहिले मिसिल तयार पारेर अभियोग पत्र दर्ताको तयारीमा लागेको हो । सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार पारेपछि २८ जना बिरुद्ध नै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुनेछ ।
१३ जना एयरलाईन्सका कर्मचारी
विभिन्न देशबाट नेपाल भित्र्याईएको अबैध सुन ओसार पसार तथा सनम हत्या काण्डमा संलग्न रहेको आरोपसँग जोडिएका बिभिन्न एयरलाईन्सका १३ जना कर्मचारी जेल जाँदैछन् । यसरी प्रहरी हिरासतमा रहेका १३ जनालाई संगठित अपराध र सुन तस्करी सहयोगीको रुपमा मुद्दा चलाउने तयारी भईरहेको छ । यसरी अनुसन्धानमा तानिएका एयरलाईन्सका कर्मचारीमा एलबी मगर, हेमन्त गौतम, बिरेन्द्रमान श्रेष्ठ, समिर प्रसाद तोलाङ्गी, बालकृष्ण श्रेष्ठ, दोरन खत्री, कपिलराम पुरी, गोपाल श्रेष्ठ, पुण्य प्रसाद लामा, राजन थापा, राजु महर्जन, अमरमान डंगोल र तुलाराम थारु रहेका छन् । उनीहरु अहिले प्रहरी हिरासतमा रहेका छन् ।
प्रहरीलाई सुन तस्करी र संगठित अपराध
सनम शाक्य हत्या प्रकरण सँग जोडिएको ३३ किलो सुन काण्डमा पुर्ब डिआईजी देखि बहालवाला एसपी, डिएसपी, सई र प्रहरी जवान समेत प्रहरी हिरासतमा छन् । उनीहरुलाई पनि बुधवार जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भईरहेको छ । सुन तस्करीमा संलग्न तथा हत्याको आरोपमा अनुसन्धानमा तानिएका प्रहरीहरुमा पुर्ब डिआईजी गोबिन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्का रहेका छन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई सुन तस्करी सहयोगी तथा संगठित अपराध अन्तरगत मुद्दा चलाउने तयारी छ। उनीहरु स्वयम सुन ल्याउनमा संलग्न भन्दा पनि तस्करीलाई वढावा दिनको लागि सहयोगीको काम गरेको भन्न्दै मुद्दा चलाउने तयारी भएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको पनि घटनामा संलग्नता देखिएको अनुसन्धानबाट खुलेकोले अब अदालत पेश गर्न लागिएको हो ।
एउटै ब्यक्तिलाई ४ वटासम्म मुद्दा लाग्ने
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका प्रहरी अधिकृतहरुलाई दुईवटा मुद्दा लगाउने तयारी भईरहँदा घटनासँग प्रत्यक्ष जोडिएका ब्यक्तिका हकमा भने सुन तस्करी, संगठित अपराध, कर्तब्य ज्यान र अपहरण मुद्दा लगाउने तयारी भईरहेको छ । घटनासँगै सिधै जोडिएका मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, टेकराज मल्ल ठकुरीलाई चारवटा मुद्दा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनाका योजनाकार तथा सुन तस्करका नाईके चुणमणी उप्रेती (गोरे)लाई पनि चारवटा मुद्दा लगाईएको छ । गोरे फरार रहेका छन भने अन्य ४ जना प्रहरी हिरासतमा रहेका छन् । गत फागुन १८ गते सनम शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अबस्थामा काफ्ले, मल्लठकुरी र कार्कीलाई प्रहरीले घटना स्थलबाट शव सहित पक्राउ गरेको थियो । हत्या भएको सनम शाक्यको सव स्करपीयो भित्र फेला परेको थियो । मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या पछि खुलेको साढे ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको बताईन्छ । तर फरार रहेका अन्य ब्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
अन्य प्रहरी हिराशतमा रहेका ब्यक्तिको बारेमा प्रहरीले केही नखुलाएको भएपनि उनीहरुलाई पनि सुन तस्करी तथा संगठित अपराध अन्तरगत मुद्दा चलाईने बताईएको छ । अन्य ब्यक्तिको सन्दर्भमा भुुजुङ गुरुङ, महाविर प्रसाद गोल्याङ चाचाजी, राजेन्द्र कुमार शाक्य, माधव घिमिरे भनिने मदन प्रसाद घिमिरे र सञ्जीव शाक्य लगायतका रहेका छन् । सञ्जीव साक्य सनमका भाई हुन् उनी यो घटनासँग जोडिएका जाहेरीवाला समेत रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा ‘विगत २०४४ साल देखि सुनको तस्करी हुन थालेको देखिन्छ पछि साढे ३३ किलो स्ुन हराएपछि यी घटनाहरु बाहिर आएका हुन् ।’ तर हराएको सुनको बिषयमा प्रहरीले यतिकालाई पक्राउ गरेको भएपनि सुनको बारेमा कसैलाई पनि थाहा छैन । कहाँ छ ३३ किलो सुन ? त्यो बिषय अझै फेला परेको छैन । मुख्य नाईके भनिने गोरे अहिले फरार छन् उनको परिवारमा रहेको सम्पती समेत प्रहरीले रोक्का गरिसकेको छ । प्रहरीले गोरेको सन्दर्भमा डिफ्युुजन नोटिस भने सार्बजनिक गरिसकेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्