एक महिला छिमेकीको गोठमा मृत फेला

एक महिला छिमेकीको गोठमा मृत फेला

पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव उनकै छिमेकीको गोठमा भेटिएको छ ।

आईतबार घरबाट आफन्तको घरमा जाने भनेर निस्किएकी उर्मिला छिमेकी कै गोठमा मृत फेला परेकी हुन् । आफन्तको घरमा नपुगेको खबरपछि उनको खोजी गर्दा शव भेटिएको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्न प्रयोग गरिने बिष फेला परेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, तुर्माखाद गाउँपालिका–३ भैरवस्थानमा २३ वर्षीया धनसरा नेपालीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

मंगलबार विहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झुण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरीसमेत छिन् ।

प्रहरीले दुवै महिलाको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्