तेह्रथुममा गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता वितरण

<span class='c1'>तेह्रथुममा गाउँमै पुगेर एकसय</span> <span class='c2'>५५ लाई नागरिकता वितरण</span>

तेह्रथुम, वैशाख १९ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो ।

नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेका तर नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।

कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिकामा समेत घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्