भारतमा आइपीएल अनि नेपालमा सट्टा , पक्राउ परे दुई भारतीय नागरिक

भारतमा आइपीएल अनि नेपालमा सट्टा , पक्राउ परे दुई भारतीय नागरिक

भारतको चर्चित इन्डियन प्रिमीयर लिग (आइपीएल)  क्रिक्रेटमा अनलाइन सट्टेबाजी गराउने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पिपरास्टेशनका ४२ वर्षीय मुकेश जैसवाल र भारतकै मोतिहारी ढाकास्टेशनमा २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन् । मुकेश काठमाडौंको जमलमा र सञ्जिव टंकेश्वरमा बस्दै आएका थिए । उनीहरुले खिचापोखरी क्षेत्रमा आइपीएलका प्रत्येक खेलअघि अनलाइन जुवा (बुक्की) खेलाउने गरेका थिए ।

आइपीएलको सट्टेवाजी हुने सूचना आएपछि प्रहरीको गोप्य अपरेसनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनले काठमाडौं लगायतका नेपालका विभिन्न क्षेत्रमा भारतीय क्रिक्रेट प्रतियोगिताको सट्टेवाजी लाखदेखि करोडौंसम्म हुने गरेको आफूलाई जानकारी आएको बताए ।

काठमाडौंका अन्य स्थानमा पनि सादा पोसाकका प्रहरी परिचालन भएको उनको भनाइ छ । पक्राउ परेकाहरुबाट १ लाख ४० हजार ५ सयसहित हिसाब राख्ने नोटबुक फेला परेको छ । भारतमा जारी आइपीएलका प्रत्येक खेलमा कुन टिम जित्छ, कुन खेलाडीले कति रन हान्छ लगायत सर्तमा सट्टाबाजी लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्