मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूका लागि प्रदेश नम्बर दुईको सरकारले आठवटा गाडी किन्ने

<span class='c1'>मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूका लागि प्रदेश</span> <span class='c2'>नम्बर दुईको सरकारले आठवटा गाडी किन्ने</span>

जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकारले आठवटा गाडी किन्ने भएको छ । प्रमुख र मुख्यमन्त्रीलाई नै अभाव भएपछि प्रदेश २ सरकारले गाडी किन्न लागेको हो ।

प्रतिगाडी ६० लाखका दरले खरिदका लागि सरकारले पाँच करोड छुट्याएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बिसुकुमार केसीले जानकारी दिए । मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूका लागि गाडी खरिद गर्ने उनले बताए ।

केन्द्र सरकारले दिएकामध्ये प्रदेश प्रमुख र मुख्यमन्त्री चढ्ने गाडी नै पटकपटक बिग्रिने गरेका छन् । अन्य मन्त्रीका गाडी पनि कन्डिसनमा छैनन् । मन्त्रीका लागि अहिले प्रयोग भइरहेका गाडी प्रदेशभित्रैका सरकारी कार्यालयबाट उपलब्ध गराएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्