विराटनगरमा लागूऔषध कारोबारमा युवती पनि , २ जना पक्राउ परे

विराटनगरमा लागूऔषध कारोबारमा युवती पनि , २ जना पक्राउ परे

मोरङ, वैशाख २० गते।

लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले थप दुई युवतीलाई लागूऔषधसहित पक्राउ गरेको छ।

उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले मोरङको विराटनगर-१५ बाट भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी धरान-१३ बस्ने २० बर्षिया अनिषा बिष्ट र सुनसरी बराह-१ बस्ने २२ बर्षिया मन्दीरा पौडेललाई गत सोमबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले अनिषाको साथबाट डाईजेल्याब-४ एम्पुल, एभिल-४ एम्पुल, फेनारगन-४ एम्पुल र लुपिजेसिक ४ एम्पुल बरामद गरेको छ भने मन्दिराको साथबाट डाईजेल्याब-२४ एम्पुल, एभिल-२० एम्पुल, र लुपिजेसिक-२० एम्पुल बरामद गरेको छ। पक्राउ परेका दुवैलाई लागूऔषध ऐन अर्न्तगत मुद्दा दर्ता गरी थप अनुसंन्धान भईरहेको छ।

यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार भन्सार छलेको ८७ हजार बराबरको खाध्यन्न लताकपडा लगाएतको सामान बरामद गरी भन्सार बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्