बिराटनगर बैशाख २० , बिराटनगरस्थित हिट एण्ड ह्याङ आउट फुटसलमा अब खेलको साथ साथै खाना र पार्टीको पनि मज्जा लिन सकिने छ । विराटनगरमा साथीभाइसँग खेल संगै रमाइलो गर्दै समय कटाउने स्थानको खोजीमा हुनु हुन्छ भने हट एण्ड ह्याङ आउट तपाइको एउटा विकल्प हुन सक्छ ।
[caption id="attachment_16282" align="alignnone" width="1024"] ८५ गुणा ४५ साइजको अत्याधुनिक फुटसल मैदान[/caption]
विराटनगर वडा नम्बर ७ मा कृषि भवनबाट सय मिटर जति पश्चिममा हिट एण्ड ह्याङ आउट फुटसल नाम गरि अत्याधुनिक फुटसल मैदान रहेको छ । ८५ गुणा ४५ फिटको फुटसल मैदान, ब्याडमिन्टन र केहि अन्य आन्तरिक खेलका सुबिधा यहाँ उपलब्द रहेको संचालक बिनोद आग्रवालले बताए ।
[caption id="attachment_16285" align="alignnone" width="1024"] मैदान क्षेत्रमै खानपिनको लागि क्यान्टिनको समेत व्यवस्था गरिएको छ ।[/caption]
फुटसल,क्रिकेट , ब्याडमिन्टन, टेबल टेनिस जस्ता खेल साथै पार्टी हल , रेस्टुरेन्ट लगायतको सुबिधा रहेको उक्त ठाउँमा युवा देखि पाको उमेरका मानिसको भिड लाग्ने गरेको संचालक अग्रवाल बताउछन ।