विद्यार्थी उत्तीर्ण नगराउने बिद्यालयका शिक्षकको सेवा–सुविधा रोक्का

<span class='c1'>विद्यार्थी उत्तीर्ण नगराउने बिद्यालयका</span> <span class='c2'>शिक्षकको सेवा–सुविधा रोक्का</span>

नवलपरासी : पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा–सुविधा रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको हकमा पाउँदै आएको सेवा सुविधासमेत रोक्का गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिनुभयो ।

वास्तविक नतिजा अनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय गाभिएदेखि काम अघि बढाएको छु अध्यक्ष बस्ताकोटीले भन्नुभयो, “ शिक्षक शिक्षिकाका सेवा सुविधासम्म रोक्का गरेर भए पनि आउँदो वर्ष शिक्षाको नतिजामा निकै सुधार ल्याउन अब गाउँपालिका अगाडि बढ्छ ”

गाउँपालिकाले पूर्वी नवलपरासी जिल्लाको पहाडी क्षेत्रको अति विकट स्थानीय तह मानिने बुलिङ्टार गाउँपालिकाको शिक्षा गुणस्तर सुधारका लागि विशेष कार्ययोजना अघि बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो ।

यस प्रकारको खस्किँदो नतिजाले गाउँपालिकाको बेइज्जत भएकाले गुणस्तरीय शिक्षाका लागि काममा ठगी गर्ने शिक्षकको सेवा सुविधासमेत रोक्का गर्ने अध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो ।

यस बुलिङ्टार गाउँपालिकामा हाल एक उच्च माविसहित ४४ वटा प्रावि र निमावि रहेका छन् । हाल यस गाउँपालिकामा कूल २० हजार जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्