जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध

<span class='c1'>जलेश्वर–जनकपुर सडक</span> <span class='c2'>वर्षाले अवरुद्ध</span>

गौशाला, रासस । भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ ।

जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो ।

बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ । अब बाटोको पानी र हिलो सुखेपछि मात्रै बाटो सुचारु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्