विराटनगरका पर्यटन ब्यवसायी थापा पर्यटन मन्त्रालयको विज्ञ समुहमा

<span class='c1'>विराटनगरका पर्यटन ब्यवसायी थापा</span> <span class='c2'>पर्यटन मन्त्रालयको विज्ञ समुहमा</span>

विराटनगर, २१ वैशाख
विराटनगरका पर्यटन ब्यवसायी रोशन थापालाई संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विज्ञको रुपमा नियुक्त गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री अध्यक्ष हुने पर्यटन क्षेत्रको विज्ञ समुहमा थापालाई नियुक्त गरिएको हो । नेपाल सरकारको वैशाख १३ गते बसेको मन्त्री स्तरीय वैठकबाट थापा सहित २९ जनालाई विज्ञ समुहमा लगिएको छ । यो समुहले पर्यटनसँग सम्बिन्धत गर्नु पर्ने सुधारको बिषयमा राय सुझाव र परामर्श दिनेछ । यो विज्ञ समुहमा संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका राज्य मन्त्री र सचिव समेत रहने ब्यवस्था छ ।
को हुन थापा 
विराटनगर महानगरपालिका बसपार्कमा रहेको रत्ना होटलका संचालक थापाले धनकुटामा होराईजन माउण्टेन रिसोर्ट संचालन गर्दै आएका छन् । विराटनगर मै उनले सास्थम कलेज र एक बर्ष अघि मात्र संचालनमा आएको सिटी सिनेमा समेत संचालनमा ल्याएका हुन् । सामाजिक क्षेत्रमा घुलमिल गर्न सक्ने क्षमता भएका थापाले पुर्वलाई पर्यटन प्रवद्र्धनमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिभिन्न योजनाहरु अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्