रंगेलीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

<span class='c1'>रंगेलीमा स्कुल बसको</span> <span class='c2'>ठक्करबाट बालिकाको मृत्यु</span>

मोरङ, बैशाख २१ गते।

रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपालथानको क १ ख २७८१ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो।

ठक्करबाट बालिकाको घट्नास्थलमानै मृत्यु भएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्