झापाको एक घरमा आगलागीबाट ७ लाखको क्षति

झापाको एक घरमा आगलागीबाट ७ लाखको क्षति

झापा, बैशाख २१ गते।

झापाको अर्जुनधारा नगरपालिका-१ बस्ने लोक बहादुर नेपालको घरमा विहीबार दिउँसो आगलागी भएको छ।

टिनको छानो र काठको बेरा भएको १ तले घरमा अचानक लागेको आगोले उनको घर तथा घरभित्र रहेको सुन, चाँदी नगद ९० हजार कुखुरा, अन्नपात, लत्ताकपडा, फर्निचर र सम्पूर्ण सामान जल्दा अन्दाजी ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्