विवाहको अघिल्लो रात भागेका बेहुला आफैं प्रहरी कार्यालयमा पुगे

विवाहको अघिल्लो रात भागेका बेहुला आफैं प्रहरी कार्यालयमा पुगे

नवलपरासी । गत माघ २२ गते विवाहको अघिल्लो रात १२ बजेपछि गौंडाकोट स्थीत आफ्नै घरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेल बिरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

२८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब तिन महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट छिमेकी महिलासँग विवाहको कार्यक्रम रहेको थियो । विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी अघिल्लो रात एकाएक घरबाट बेपत्ता भएका थिए ।

विवाहको अघिल्लो रात एकाएक बेहुलो हराएपछि आफन्त सवैले अपहरणमा परेको आशंका गरेका थिए ।बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई खोजीको लागि आग्रह गरेका थिए ।

हाल तीन महिनापछि खोजतलासमा हराएका खरेल आफूखुसी घरबाट हिंडेको र भारतको गोरखपुरमा बसेको भन्ने खवर आएकोमा गत मंगलवार उनी स्वयं आफैं गैंडाकोट स्थीत प्रहरी कार्यालयमा उपस्थीत भई गल्ती स्वीकारेका हुन् ।उनी किन र के कारणले हराएका हुन् सो भने खुलीसकेकाे छैन ।

प्रहरीले उनीबिरुद्ध हाल सार्बजनीक अपराध अन्तर्गतको मुद्दा दायर गरी अनुशन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्