धरान , बैशाख २१ , यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् ।
त्यसैगरि, कोशी बस व्यवसायी सँघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबहादुर थापा, र सँयुक्त बस व्यवसायी सँघका अध्यक्ष नरेन्द्र पोमुलाइ पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।