साडे ३३ किलो सुन कहाँ छ ? समितिको कर्मकाण्डी सुन अनुसन्धान

साडे ३३ किलो सुन कहाँ छ ? समितिको कर्मकाण्डी सुन अनुसन्धान

विराटनगर, २२ वैशाख ।
सरकारद्धारा गठित बिशेष अनुसन्धान समितिले साढे ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा तयार पारेको अभियोग पत्र कर्मकाण्डी देखिएको छ । हिरासतमा रहेका २९ जना उनीहरुका निकट र प्रत्यक्षदर्शीको समेत बयान भएको उक्त १५३ पृष्ठ लामो अभियोग पत्रबाट ठोस निक्र्यौल भने निस्कँदैन । कसैलाई तर्साउन या कोहीलाई खुसीपार्न अनुसन्धानको नाटक गरेको झै देखिन्छ । त्यसमा प्रजातन्त्र पुनर्वहाली २०४६ अगावैदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको र २०६९ देखि हाल फरार गोरे भन्ने चुडामणी उप्रेतीको पनि संलग्नता देखिएको अनुसन्धानमा भनिएको छ ।तर यसमा अरु कुन कुन समुह वा ब्यक्ति सक्रिय छन् भन्ने समितिले खोजविन गर्नुपर्ने आबस्यकता औल्याएको छैन ।  अभियुक्त बनाईएका कुनैपनि प्रहरी अधिकृतको तस्करीमा संलग्नता रहेको उक्त अभियोग पत्रले पुष्टि गर्दैन ।

औपचारिकता पुरा गर्नलाई बयान लिएको जस्तो देखिने उक्त अभियोग प्रतिवेदनमा केही प्रहरीमाथि तस्करलाई सहयोग गर्ने आशय वा नियत राखेको निचोड निकालिएको छ, जुन अदालतमा कहिल्यै प्रमाणित हुँदैन । उनीहरु सहजै सामान्य धरौटी वा तारेखमा रिहा हुने स्थिती छ। यसैगरी संगठित सुन तस्कर गिरोहका भरिया सनम शाक्यलाई मोरङ उर्लावारी १ को जंगलमा ५ दिनसम्म शारिरीक यातना दिएर हत्या गरिँदासम्म स्थानीय प्रहरी अनभिज्ञ रहनु वारे उसले केही बोलेको छैन ।
उक्त जंगलमा दैनिक सवारी, सामान र मान्छेको आवागमनहुँदा समेत प्रहरीले सुचना नपाउने प्रशङ्गै हुँदैन । पुरा छानविनकै मुटु मानिने साढे ३३ किलो सुन लुटको रहस्यबारे समितिको अनुसन्धान प्रतिबेदनले केही भनेको छैन । वाटोवाटै सुन लुटी लाने २ मोटरसाईकलमा सवार हेल्मेट लगाएका ति ४ ब्यक्ति को थिए वा यो तस्कर समु्ह वा सुन गायव पार्नेले रचेको कथा हो यो वारेमा थोरै पनि खोजी भएको छैन ।
मुख्य अभियुक्तसम्म पुग्ने भन्दापनि सतहमै यो समिति अलमलिरहेको यो प्रतिवेदनले नै देखाएको छ।
एक संगठित तस्कर समुहले द्बईबाट नेपाल भित्रीएको सुन लुटेको तिन महिना बढी भईसकेकाले लुटेरा र सामान फेला नपर्नुले अतदालतमा प्रस्तुत अभियोग पत्रलाई नै निक्कै कमजोर बनाएको छ । तस्करी गिरोहमा संलग्न काभ्रेका देउपुरमण्डन १२ का टेकराज मल्ल ठकुरीले बिशेष अनुसन्धान टोली समक्ष दिएको बयानमा माग ९ मा भित्रिएको उक्त सुन काठमाडौँको अनामनगरमा लुटिएको खुलेको छ । तर सेटिङ मिलाएर निरन्तर सुन तस्करी भईरहेकै क्रममा गिरोहकै सदस्यले अन्य तस्करहरुले वा अझ बढी कमाउने लालसामा हाल अभियुक्त भनेका प्रहरीले लुटे वा लुटाए भन्ने सवालको जवाफ नदिईकनै प्रतिवेदन समाप्त हुन्छ । कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्