नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको लागि मत गणना जारी

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको लागि मत गणना जारी

प्रेम देवान
विराटनगर २२ बैशाख । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको नेतृत्वकालागि मत गणना जारी छ । आज विहान ८ बजेबाट प्रदेश नम्बर १ का १४ वटा जिल्लाहरुमा मतदान सम्पन्न भए लगतै पत गणना शुरु भएको हो । कतिपय जिल्लाहरुमा परिणाम आउने क्रम पनि शुरु भएको छ।
यता मोरङ जिल्लामा पनि मत गणना जारी छ । १८५ मतदाता रहेकोमा मोरङमा जम्मा १५७ मात्र मत खसेको मुख्य निर्वाचान अधिकृत दिपक दाहालले जानकारी दिए । आज भएको मतदानबाट ७ पदाधिकारीकालागि प्रतिस्पर्धा भएको थियो । यस अघि २१ सदस्य रहने प्रदेश समितिकालागि १४ जना निर्विरोध भईसकेका छन् ।
निर्विरोध निर्वाचत हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् ।

यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका थिए ।
ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार समुह, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले पनि केहि पदमा उम्मेद्वारी दिएका छन् ।
अध्यक्षमा संयुक्त प्यानलबाट अध्यक्षमा चौतारीका विक्रम लुईटेल र स्वतन्त्र गोपाल देवान चुनावी मैदानमा प्रतिसप्रधामा छन् । उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र स्वतन्त्र रुपमा विजय खतिवडाले उम्मेदवारी दिएका हुन । महासचिवमा प्रेस सेन्टरका विवेक गौतम र कमन देवानको चुनावी भिडन्त छन् ।
महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ । मोरङ लगायत अन्य जिल्लामा पनि मतदान सकिएका कारण मतगारण आजै सम्पन्न गरिने मुख्य निर्वाचन अधिकृत दिपक दाहालले जानकारी दिए । मोरङ जिल्लाको मतगारण अबको केही समयमा सुरु गरिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्