स्थानीय तहले बिद्युतीय शुशासन शुरु गरे, २ बर्षमा उल्लेख्य प्रगति गर्ने दावी

स्थानीय तहले बिद्युतीय शुशासन शुरु गरे, २ बर्षमा उल्लेख्य प्रगति गर्ने दावी

काठमाडौँ २२ बैशाख । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुशासन सम्वन्धि कार्यशला सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । स्थानिय तहमा प्रविधिमैत्री सेवाले गर्दा पहुचयुक्त शुसासन ल्याउन सकिनेमा उनले जोड दिए ।
सरकारले पछिल्लो चरणमा तीनै तहका सरकारी निकायलाइ समन्वय गर्नेगरी प्रविधिमैत्री सिस्टम विकास गर्न लागिरहेको आइटी विभागका निर्देशक सुवास ढकालले बताए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका सञ्चार निर्देशनालय प्रमुख डा राजिब सुब्बाले स्थानिय निकायलाइ विद्युतिय शुसासनमा रुपान्तरण गर्ने व्यत्ति, प्रणाली र प्रविधिको समन्वय हुनुपर्ने बताए । 
देशभरका स्थानिय तिहहरुलाइ विद्युतिय शुसासनमा जानको लागि सचेतनात्मक कार्यक्रमहरु गर्ने योजना सहित बुढानिलकण्ठबाट पहिलो कार्यक्रम सुरु भएको भर्याङ नेपालका उपाध्यक्ष तुषार न्यौपानेले बताए । बुढानिलकण्ठमा भएको कार्यक्रममा इ सेवाका तर्फबाट सिइयो रोशन लामिछाने, ब्रेनडिजिटका सिइयो निश्चल प्रधान र साइबर नेटिक्सका प्रवन्ध निर्देशक जेम्स न्युच्छेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रतिनिधि स्थानिय बुद्धिजिबी र विद्यालयका प्रतिनिधिहरु समेत एक सय २० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेयर, उपमेयर, कार्यकारी अधिकृत लगायत आइटी विभागका निर्देशक सुवास ढकाल, डा. राजिब सुब्बा र टिजेएफ नेपालका अध्यक्ष विश्वास रेग्मी प्यानल डिस्कसनमा सहभागी भएका थिए । अबको दुइ बर्षभित्र बुढानिलकण्ठमा डिजिटल गभर्नेन्स सुरु गर्दै नगरपालिकाका सेवा र सुविधाहरु पहुचयुक्त शुसासनको रुपमा विकास हुने मेयर खरेलले बताए । यसको लागि सहभागी कम्पनिहरु साइबरनेटिक्स, ब्रेनडिजिट र इसेवाले आफ्नो तर्फबाट सुन्दर र स्मार्ट बुढानिकलकण्ठ बनाउन सहयोग गर्ने उल्लेख गरे ।
नेपाहरुले स्मार्ट सिटीको नारामात्र लगाए तर यसतर्फ के गर्ने भन्नेकुरामा नै कन्फ्युजन छ, तसर्थ हरेक स्थानिय निकायमा सचेतना र जागरुकताको लागि कार्यक्रमको आवश्यक्ता महशुस गरेर कार्यक्रमको सुरुवात गरिएको बुढानिलकण्ठ कार्यक्रमका संयोजक श्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्